२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको तेस्रो खेल युएईसँग



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेल नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा युएईले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ । छनोट प्रतियोगिताका शुरुआती तीन खेल जितेर युएई बलियो अवस्थामा छ । युएई तीन खेलबाट छ अङ्क जोड्दै तालीकाको शीर्षस्थानमा छ ।

युएईविरुद्व जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्ने अवसर नेपाललाई प्राप्त छ । अघिल्लो महीना थाइल्याण्डमै भएको टी–२० स्म्यास प्रतियोगितामा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो ।

नेपाल भने आफ्नो दोस्रो खेलमा थाइल्याण्डसँग पराजित हुँदै छनोट प्रतियोगिताको दौडमा कमजोर बनेको छ । बिहीबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको थियो । आफ्नो पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले हराएको थियो ।

प्रतियोगिताको एशिया छनोटमा सात राष्ट्रले भाग लिएका छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।