२७ जेष्ठ २०८३, बुधबार
,
Latest
संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको आरोप सम्पत्ति छानबिन आयोगद्वारा विवरण बुझाउने म्याद असार मसान्तसम्म थप पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु मनाङको विकास यात्रा सडक, पर्यटन र पूर्वाधारमा नयाँ आयाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको निधन, श्रद्धान्जलि दिन शव पार्टी केन्द्रीय कार्यालयमा राखिने



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ ।

कार दुर्घटनामा परेर गम्भीर घाइते भएका सांसद ओलीको शुक्रबार बिहान करीव ३ बजे ललितपुरको एक अस्पतालमा उपचारका क्रममा निधन भएको आफन्तले जनाएका छन् ।

तत्कालिन एमाले पृष्ठभूमि भएका सांसद ओलीको सवार जिप र बस घोराही–लमही सडकमा एकआपसमा ठोक्किएर दुर्घटना भएका थिए ।

ओली दाङ्ग क्षेत्र नं। ३ ‘ख’मा तत्कालीन एमालेबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

ओलीप्रति श्रद्धान्जलि दिन नेकपाले पार्टी कार्यालयमा शव राख्ने भएको छ । शव बिहान ९ देखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा राखिनेछ । त्यसपछि ओलीको शव आजै गृह जिल्ला दाङ लगिनेछ ।




भर्खरै