२७ जेष्ठ २०८३, बुधबार
,
Latest
संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको आरोप सम्पत्ति छानबिन आयोगद्वारा विवरण बुझाउने म्याद असार मसान्तसम्म थप पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु मनाङको विकास यात्रा सडक, पर्यटन र पूर्वाधारमा नयाँ आयाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको त्रिपुरामाथि नेपालको यू–२१ टिमको फराकिलो जित



अ+ अ-

काठमाडौँ । भारतको गुवाहाटीमा जारी नर्थ इष्ट अन्तर्राष्ट्रिय गोल्डकप च्याम्पियनसिपमा नेपालको एन्फा यू–२१ टिमले त्रिपुरालाई पराजित गरेको छ ।

आज (बिहीबार) भएको खेलमा नेपालको यू–२१ टिमले त्रिपुरालाई ८–० गोलले पराजित गरेको हो । नेपालको जितमा अभिषेक रिजालले ह्याट्रिकसँगै चार गोल गरे । त्यस्तै, प्रेजेन तामाङले दुई, रेजिन सुब्बा र धिरज श्रेष्ठले समान १–१ गोल गरे ।

खेलको चौथो मिनेटमा नै प्रेजेनले गोल गर्दै एन्फा यू–२१ टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, ३१औं मिनेटमा रेजिनले गोल गर्दै २–० गोलको अग्रता दिलाए ।

अभिषेकले ५२ र ६६औं मिनेटमा गोल गर्दै एन्फा यू–२१ टिमलाई ४–० गोलको अग्रता दिलाए । त्यसको एक मिनेटपछि नै प्रेजेनले गोल अर्को गोल गर्दै ५–० को अग्रता दिलाए ।

खेलको ६९औं मिनेटमा अभिषेकले ब्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा एन्फा यू–२१ टिमले त्रिपुराविरुद्ध ६–० गोलको अग्रता बनाएको थियो ।

७७औं मिनेटमा धिरजले गोल गरे भने ७८औं मिनेटमा अभिषेकले गोल गर्दै ब्यक्तिगत चार गोल पुर्‍याए भने एन्फा यू–२१ टिमलाई ८–० को फराकिलो जित दिलाए ।




भर्खरै