२७ जेष्ठ २०८३, बुधबार
,
Latest
संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको आरोप सम्पत्ति छानबिन आयोगद्वारा विवरण बुझाउने म्याद असार मसान्तसम्म थप पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु मनाङको विकास यात्रा सडक, पर्यटन र पूर्वाधारमा नयाँ आयाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन



अ+ अ-

सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ ।

तीब्र प्रतिस्पर्धाका कारण मोबाइलको बिक्री घट्न थालेपछि चिन्तित देखिएको सामसुङले नयाँ विशेषता सहितको नयाँ फोन सार्वजनिक गरेको हो । यस फोनमा पाँचौं पुस्ता ९फाइभ–जी० को तारविहीन टेलिफोन नेटवर्कमा समेत काम गर्नेछ ।

सामान्य स्मार्टफोन र ट्याबलेट दुबै स्वरुपमा विकास गरिएको नयाँ स्मार्टफोनमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) र अरु विशेषता थप गरिएको छ ।

अमेरिकाको सानफ्रान्सिस्कोमा सार्वजनिक गरिएको यस फोनको नाम ग्यालेक्सी फोल्ड राखिएको छ । एउटै डिभाइसमा ४।६ इन्चको स्मार्टफोन र ७।३ इन्चको ट्याबलेट रहेको छ ।

यो स्मार्टफोन अप्रिल २६ तारिखबाट बजारमा आउनेछ । यसको मूल्य अमेरिकामा एक हजार ९८० अमेरिकी डलर रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका जस्टिन डेनिसनले नयाँ उपकरणमा तीनवटा एप्स एकैसाथ चलाउन मिल्ने जानकारी दिनुभयो । “तपाईंले एकै समय युट्युबमा भिडियो हेर्न, यसका बारेमा साथीसँग अन्तक्र्रिया गर्न तथा यात्राका लागि नयाँ गन्तव्यको खोजी गर्न सक्नुहुन्छ ।”

सोही समारोहमा सामसुङले ग्यालेक्सी एस१० को नयाँ मोडेल पनि सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा पाँचौं पुस्ता (फाइभ–जी) को तारविहीन टेलिफोन नेटवर्कको प्रयोग गर्न सकिन्छ ।

सामसुङका अन्य प्रतिस्पर्धीहरुले अर्को साता शुरु हुने मोबाइल वल्र्ड कङ्ग्रेसमा फाइभ–जी मोबाइल सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।




भर्खरै