२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको आरोप सम्पत्ति छानबिन आयोगद्वारा विवरण बुझाउने म्याद असार मसान्तसम्म थप पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : एट्लेटिको मड्रिडद्धारा युभेन्टस पराजित, रोनाल्डो यो पटक चल्न सकेनन्



अ+ अ-

काठमाडौँ । स्पेनिस क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वारटफाइनलको पहिलो लेगमा जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा घरेलु टोल एट्लेटिको मड्रिडले इटालियन क्लब युभेन्टसलाई २–० गोलअन्तरले पराजित गरेको हो । एट्लेटिको मड्रिडको जितमा जोसे मारिया गिमिनेज र डिएगो गोडिनले गोल गरे ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा भने लय समात्न सकेन । दोस्रो हाफमा दुई गोल खादै एट्लेटिको मड्रिडसँग पराजित भएको हो ।

७८औं मिनेटमा गिमिनेजले गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । त्यस्तै ८३औं मिनेटमा गोडिनले गोल गर्दै एट्लेटिको मड्रिडलाई २–० गोलको अग्रतामा पुर्याए ।

खेलअवधिभर बल नियन्त्रणमा राखेपनि युभेन्टसले गोल गर्न भने सकेन । क्रिष्टियानो रोनाल्डो पनि यो पटक भने चल्न सकेनन् ।