२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको आरोप सम्पत्ति छानबिन आयोगद्वारा विवरण बुझाउने म्याद असार मसान्तसम्म थप पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको युनाइटेड ब्रदर्शलाई पराजित गर्दै थ्रीस्टार फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौँ । थ्रीस्टार क्लब भुटानमा जारी जिग्मे दोर्जी बाङचुक स्मृति गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको सेमिफाइनलमा थ्रीस्टारले भारतको युनाइटेड ब्रदर्शलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । थ्रीस्टारको जितमा रन्जन विष्ट, बुद्ध लिम्बु र दिनेश राजबंशीले समान १–१ गोल गरे ।

१७औं मिनेटमा नै दिनेशले गोल गर्दै थ्रीस्टारको लागि अग्रता दिलाएका थिए । यसको तीन मिनेटपछि अर्थात २०औ मिनेटमा रञ्जनले गोल गर्दै थ्रीस्टारलाई २–० गोलको अग्रता दिलाएका थिए ।

यता, युनाइटेड ब्रदर्शले ३२औं मिनेटमा गोल गर्दै पहिलो हाफसम्म २–१ गोलको स्थितिमा पुर्‍याएका थिए ।

थ्रीस्टारका लागि ८२औं मिनेटमा बुद्धले गोल गर्दै ३–१ गोलको स्थितिमा ल्याए । तर, युनाइटेड ब्रदर्शले अतिरिक्त समयमा गोल गर्दै खेल ३–२ गोलको अवस्थामा ल्याएपनि थ्रीस्टारलाई रोक्न भने सकेन ।