२७ जेष्ठ २०८३, बुधबार
,
Latest
संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको आरोप सम्पत्ति छानबिन आयोगद्वारा विवरण बुझाउने म्याद असार मसान्तसम्म थप पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु मनाङको विकास यात्रा सडक, पर्यटन र पूर्वाधारमा नयाँ आयाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका सांसदले नेपालीलाई सुहाउने गीत किन हटाएको भन्दै २५ हजार पुरस्कार घोषणा गरे : प्रम ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीलाई सुहाउने गीत किन हटाएको भन्दै २५ हजार पुरस्कार घोषणा गरेको आरोप लगाएका छन् । प्रमुख विपक्षी कांग्रेसका सांसद अमरेशकुमार सिंहले संसदमै ‘लुट कान्छा लुट’का गायक पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने घोषणा गरेपछि प्रम ओलीले उक्त आरोप लगाएका हुन् ।

बुधबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै उनले सिंहप्रति कटाक्ष गरेका छन् । सिंहको नाम नलिइ उनले एक सांसदले नेपालीलाई सुहाउने गीत किन हटाएको भन्दै २५ हजार पुरस्कार घोषणा गरेको सुनाए । उनले हाँस्दै भने, ‘अचम्म लाग्यो मलाई, कहाँ जान खोज्दैछौं हामी ।’

शर्माले प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेको १ बर्ष पुगेकै आसपास पारेर फागुन ३ गते ‘लुट कान्छा लुट’ बोलेको गीत सार्वजनिक गरेका थिए ।

गीतमा प्रधानमन्त्री केपि शर्मा ओलीप्रति पनि कडा व्यङ्ग्य गरिएको थियो । ठूला–ठूला भाषण गर्ने काम भने सिन्को समेत नभाच्ने, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेको जस्ता शब्द गीतमा प्रयोग गरिएपछि सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाउने खोजेको थियो ।

सरकारका काम कारवाहीका साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत व्यङ्ग्य गरिएको छ ।


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र यो गीतका विषयमा समेत छलफल गरेर गीतलाई रोक्ने निर्णय गरेको थियो। सत्तारुढ नेकपा सम्बद्ध युवा संघले पनि गीत नसच्याए बहिस्कार गर्ने धम्की दिएको थियो । लगतै शर्माले युट्युब च्यानलबाट आफ्नो गीत हटाएका छन् ।




भर्खरै