२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको आरोप सम्पत्ति छानबिन आयोगद्वारा विवरण बुझाउने म्याद असार मसान्तसम्म थप पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लुट कान्छा लुट’गीत प्रकरण : भावनामा बगेर लेखे, जनताले मन नपराएपछि हटाए- प्रम ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत जनताले मन नपराएको कारण हटाउन लगाएको बताएका छन् । प्रम ओलीले भुलचुक रुपमा गित बनाएर जनताले मन नपराएको कारण युट्युबटबाट हटाएको बताए ।

बुधबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै उनले भने जनताले नै मन नपराएको हो यसमा हाम्रो केहि हस्तक्षेप छैन् । ‘भावनामा बगेर एउटा गीत लेखे, युट्युबमा पनि हाले तर, सबैले राम्रो गरेनौं भाइ भनेपछि हटायो त सिध्यियो नि कुरा’,प्रम ओलीले भने , ‘एउटाले एउटा गीत बनायो अरे, लुट लुट केही काम लाग्दैन, लुटेर खा भाइ लुटेर खा । जनताले मन पराएनन् तिम्रो गीत भनेपछि युट्युबटबाट हटाए रे ।’

शर्माले प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेको १ बर्ष पुगेकै आसपासमा ‘लुट कान्छा लुट’ बोलेको गीत फागुन ३ गते सार्वजनिक भएको थियो ।

गीतमा प्रधानमन्त्री केपि शर्मा ओलीप्रति पनि कडा व्यङ्ग्य गरिएको थियो । ठूला–ठूला भाषण गर्ने काम भने सिन्को समेत नभाच्ने, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेको जस्ता शब्द गीतमा प्रयोग गरिएपछि सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाउने खोजेको थियो ।

गीतमा सरकारका काम कारवाहीका साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत व्यङ्ग्य गरिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र यो गीतका विषयमा समेत छलफल गरेर गीतलाई रोक्ने निर्णय गरेको थियो। सत्तारुढ नेकपा सम्बद्ध युवा संघले पनि गीत नसच्याए बहिस्कार गर्ने धम्की दिएको थियो । लगतै शर्माले युट्युब च्यानलबाट आफ्नो गीत हटाएका छन् ।