५ असार २०८३, शुक्रबार
,
Latest
सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धका घाउमा सरकारले मलमपट्टी लगाउँछ : प्रधानमन्त्री ओली



अ+ अ-

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धका घाउ र त्यसले पारेको असरमा सरकार मलमपट्टी लगाउन लागि परेको बताएका छन् । उनले पीडितलाई अधिकतम न्याय दिन लागेको सरकारले काहि कतै पाइला नरोकि निरन्तर काम गरिरहेको उल्लेख गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्दैै उनले भने “युद्धका घाउ र असर छन् सरकार त्यसमा मलमपट्टी लगाउन र पीडितलाई अधिकतम न्याय दिन लागेको छ तर घाउ कोट्यायाएर शान्ति हुन नदिने प्रयास हुँदैछ, हिंसा भड्काएर द्वन्द्व व्यवस्थापनको खेतीपाती हुन दिनुहुँदैन ।”

क्रान्तिका नाममा कुनै लफ्फाजीको काम नभएको भन्दै जनतामा आतङ्क फैलाउने नहुने उनको भनाई रहेको थियो । विकास आयोजना अवरोध गर्नेहरुको विगविगि बढेको भन्दै सबैलाई ध्यान पुर्याएर कदम चाल्न आह्वान समेत गरेका हुन् ।

नेपालमा शान्ति आएको यतिका बर्ष हुँदा समेत केहि अराजकतावादीले नेपालमा शान्ति नै नआएको भन्दै प्रचारको गरेको आरोप लगाउदै गलत सन्देश दिने प्रयास गर्नेलाई सावधान रहन चेतावनी समेत दिएका छन् ।