५ असार २०८३, शुक्रबार
,
Latest
सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनको गर्जन : कांग्रेस प्रतिपक्षी होइन, प्रमुख पक्षी हो



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले सरकारले जनताका आधारभूत कुरा पनि सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामले गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले देशमा दण्डहिनता बढेको तर पनि सरकारले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको बताए । उनले देशमा महँगी, भ्रष्टाचार र चोरीका घटना भइरहँदा पनि सरकारले फटाहालाई कारबाही गर्न नसकेको बताए ।
नेपाली कांग्रेसले हालको व्यवस्था ल्याउन र राज्य पूनर्संरचनामा लैजान प्रमुख भूमिका खेले पनि दलहरुको वैचारिक सिद्धान्त त्यागका कारण कांगे्रस बाहिर बस्नु परेको बताउँदै उनले कार्यकर्तालाई निराश नहुन आग्रह गरे ।

नेपाली कांग्रेस प्रतिपक्ष नभई संविधान कार्यान्वयनको प्रमुख पक्ष भएको धारणा राख्दै उनले सरकारका गल्ति सुधार्न कांग्रेस सधै खरो रुपमा प्रस्तुत हुने बताए । यो समाचार कारोबारमा प्रकाशित छ ।