५ असार २०८३, शुक्रबार
,
Latest
सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका यी मन्त्रीको चर्तिकला : इन्धनको रकम खल्तीमा, मन्त्रालयबाट तेल



अ+ अ-

कास्की । गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेको खुलेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सरकारबाट इन्धनबापतको रकम लिएर पनि मन्त्रीहरूले गाडीमा मन्त्रालयबाटै तेल भर्दै आएको रिपोर्ट सार्वजनिक लेखा समितिमा पुगेको हो ।

मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिएको सूचना पाएपछि १५ माघमा सार्वजनिक लेखा समितिको बैठकले सबै मन्त्रालयलाई सात दिनभित्र रिपोर्ट पेस गर्न निर्देशन दिएको थियो । लेखाको निर्देशनअनुसार मन्त्रालयहरूले चालू आर्थिक वर्षको सात महिनाको रिपोर्ट पेस गरेका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले दोहोरो सुविधा लिएको रिपोर्ट मन्त्रालयले लेखामा बुझाएको नेकपाका एक सांसदले नयाँ पत्रिकालाई बताए ।

सातसदस्यीय मन्त्रिपरिषद्का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयबाट इन्धन सुविधा लिएका छैनन् । सामाजिक विकासमन्त्री नरदेवी पुनले भने तेल हाले–नहालेको जवाफ मन्त्रालयले लेखा समितिलाई अहिलेसम्म बुझाएको छैन ।