२७ जेष्ठ २०८३, बुधबार
,
Latest
भैरहवामा ४१ लाखभन्दा बढी मूल्यका भन्सार छलेका सामान बरामद, प्रहरीद्वारा गोदाममा छापा संसद्को गतिरोध अन्त्य गर्न सभापति लामिछाने सक्रिय, विपक्षी नेतासँग छलफल अघिल्ला सरकारले ल्याएका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएका छौँः अर्थमन्त्री वाग्ले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित ३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल अझै सुरु भएन प्रतिनिधिसभा बैठक नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीलाई पराजित गर्दै युनाइटेड एफए कपको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । चेल्सीलाई २–० गोलअन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई २–० गोलअन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा एन्डर हेरिरा र पाउल पोग्बाले समान १–१ गोल गरे ।

म्यान्चेस्टर युनाइटेडले दुवै गोल पहिलो हाफमा गरेको थियो । हेरिराले खेलको ३१औं मिनेटमा गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा पोग्बाले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई २–० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा २–० गोलले अग्रता बनाएको म्यान्चेस्टर युनाइटेडले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो । म्यान्चेस्टर युनाइटेडविरुद्ध अधिकांश समय बल नियन्त्रणमा राखेको चेल्सीले गोल गर्न भने सकेन ।