५ असार २०८३, शुक्रबार
,
Latest
सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याजदर निर्धारणमा सरकारले हस्तक्षेप नगर्ने



अ+ अ-

काठमाडौं। बैंकको ब्याजदर निर्धारणमा सरकारले प्रत्यक्ष हस्तक्षेप नगर्ने भएको छ । व्यवसायीले कर्जाको ब्याजदर उच्च हुँदा व्यवसाय सञ्चालन गर्न समस्या भएको भन्दै हस्तक्षेप गर्न सरकारसँग आग्रह गरेका थिए ।

तर, अर्थमन्त्री डा। युवराज खतिवडाले राष्ट्र बैंकको सहजीकरणमा बैंकर र व्यवसायीले समस्याको समाधान खोज्नुपर्ने भन्दै प्रत्यक्ष हस्तक्षेप नगर्ने बताएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री केपी ओलीले निजी क्षेत्रको सुझाबअनुसार उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको कर्जाको ब्याजदर घटाउन शनिबार अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि अर्थमन्त्री खतिवडाले सोमबार उद्योगी व्यवसायी, बैंकर, राष्ट्र बैंक र बिमा समितिका प्रतिनिधिलाई बोलाएर छलफल गरेका हुन् । छलफलका क्रममा अर्थमन्त्री खतिवडाले बैंकको ब्याजदर निर्धारणमा सरकारले प्रत्यक्ष हस्तक्षेप नगर्ने बताएको छलफलमा सहभागी एक उद्योगीले बताए ।

‘उद्योग पनि मर्न भएन, बैंक पनि डुब्न भएन, तपाईंहरू ९व्यवसायी र बैंकर० आफैँ समस्याको समाधान खोज्नुहोस्,’ अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने, ‘मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत ब्याजदर र तरलता समस्यालाई सम्बोधन गर्नेछौँ ।’

अहिले कर्जाको दर औसत १२–१३ प्रतिशत रहेको छ । केही जोखिम भएका कर्जाहरूको भने १४–१५ प्रतिशतसम्म रहेको बैंकरहरू बताउँछन् । अहिलेकै अवस्थामा ब्याजदर १०–११ प्रतिशतभन्दा तल झर्न नसक्ने नेपाल बैंकर एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना बताउँछन् ।

‘अधिकांश बैंकको बेसरेट थोरैले घटेको पनि छ यसर्थ ब्याजदर केही घट्न सक्छ,’ उनले भने, ‘तर, ब्याजदर घटाउन बजारमा पर्याप्त तरलता हुनुपर्छ ।’ सोमबारकै छलफलमा अर्थमन्त्री खतिवडाले पनि तत्काल एक अंकको ब्याजदर कायम हुने सम्भावना कम रहेको बताएका थिए ।