२७ जेष्ठ २०८३, बुधबार
,
Latest
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित ३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल अझै सुरु भएन प्रतिनिधिसभा बैठक नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त ‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता उजागर हुँदै गएको महासचिव पाेखरेलकाे दाबी अर्थमन्त्री वाग्लेमाथि उठेका आरोप संसद वा स्वतन्त्र समितिबाट छानबिन हुनुपर्छ : रामकुमारी झाँक्री फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

काश्मिर हमलाका कारण साउदी युवराजको पाकिस्तान भ्रमण स्थगित !



अ+ अ-

एजेन्सी । साउदी अरबका युवराज मोहम्मद बिन सलमालनको आज प्रस्तावित पाकिस्तान यात्रा एकदिन पछि सरेको छ युवराज फेब्रुअरी १६ को दिन पाकिस्तान आउने कार्यक्रम थियो । तर अब उनी फेब्रुअरी १७ मा इस्लामावाद आउने भएका छन्।

भारतीय मिडियाहरुले युवराज सलमानको पाकिस्तान भ्रमण एकदिन पछि सर्नुको सम्बन्ध भारत प्रशासित काश्मिरमा भएको घटनासँग भएको बताएका छन् । साउदी अरबले उक्त घटनालगतै आक्रमणको कडा शब्दमा भत्र्सना गरेको थियो । र हाल युवराजको भ्रमणमा अचानक भएको बदलावलाई भारतीय मिडियाहरुमा सोही घटनासँग जोडर हेरिएको छ ।

तथापि, पाकिस्तानका विदेश मन्त्रालयले युवराज सलमानको यात्रामा भएको कारण खुलासा गरिएको छैन । सन् २०१७ अप्रिलमा युवराज भएपछि सलमान बिन साउदको पहिलो पाकिस्तानको भ्रमण हो । यो यात्राको दौरान युवाराजसँग एक उच्चस्तरीय प्रतिनिधिमण्डल पनि आउनेछ ।

यसमा शाही परिवारका सदस्य, मन्त्री र व्यापारी पनि सामेल हुनेछन् । सो समूह १००० जनाको हुने बताइएको छ । युवराजको आगमनअघि पाकिस्तानको राजधानीमा सुरक्षा बढाइएको छ ।

पाकिस्तानको यात्रा सकेर युवराज सलमान फेब्रुअरी १९ बाट भारतको दुई दिने भ्रमणमा भारत आउने कार्यक्रम छ ।

युवराज भएपछि उनको भारतको लागि पनि यो पहिलो भ्रमण हुनेछ । युवराज सलमानलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निमन्त्रणा दिएका थिए ।