२७ जेष्ठ २०८३, बुधबार
,
Latest
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित ३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल अझै सुरु भएन प्रतिनिधिसभा बैठक नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त ‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता उजागर हुँदै गएको महासचिव पाेखरेलकाे दाबी अर्थमन्त्री वाग्लेमाथि उठेका आरोप संसद वा स्वतन्त्र समितिबाट छानबिन हुनुपर्छ : रामकुमारी झाँक्री फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमइका अध्यक्ष ढकाल र विमा समिति अध्यक्ष चापागाईँ सम्मानित



अ+ अ-

बाग्लुङ । आइएमइ समूहका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र राष्ट्रिय वीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँलाई बाग्लुङको बलेवामा सम्मान गरिएको छ ।

बलेवामा बिहीबारदेखि शुरु भएको प्रथम बलेवा महोत्सवको अवसर पारेर नेपालको आर्थिक विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोमा उहाँहरुलाई आफ्नो गृह जिल्लामा सम्मान प्रदान गरिएको हो । उहाँहरु दुवैजना बलेवाको अमलाचौर निवासी हुनुहुन्छ ।

ग्लोबल आइएमइ बैंक एवम् चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष समेत रहनुभएका ढकालले नेपालको एकजना राष्ट्रिय उद्यमीका रुपमा हजरौँ नेपालीलाई रोजगारी दिनुका साथै देशको आर्थिक विकासमा उल्लेखनीय भूमिका खेलेकोमा बलेवालीको गौरवका रुपमा सम्मान प्रदान गरिएको हो ।

राष्ट्रिय वीमा समितिका अध्यक्ष रहनुभएका चिरञ्जीवी चापागाईँले लामो समय नेपाल राष्ट्र बैंकमा सेवा गरी बैंक तथा वित्तीय संस्थाको विकासमा योगदान पुर्याउनुभएको र त्यसपछि हाल राष्ट्रिय वीमा समितिको अध्यक्षका रुपमा रही कार्य गरिरहनुभएको छ ।

नेपालको वीमा व्यवसायलाई थप प्रवद्र्धन गर्न वीमा व्यवसायको मर्यादित र विकासका लागि एक अनुगमक निकायका रुपमा रहेर उहाँले विशेष योगदान पुर्याउनुभएकोमा उहाँलाई सम्मान गरिएको हो ।

बलेलामा जन्मिनुभएका उहाँहरुले मुलुकको राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याई गर्व गर्न लायक काम गरेको भन्दै बाग्लुङको बलेवा क्षेत्रका समग्र नागरिकका तर्फबाट उहाँहरुलाई बलेवा महोत्सवको अवसरमा सो सम्मान प्रदान गरिएको बलेवा महोत्सव आयोजक समितिले जनाएको छ ।

यस क्षेत्रमा रहेको कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनको लागि रु एक करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले बलेवाको नारायणस्थानमा आयोजित सो महोत्सवको ढकालले उद्घाटन गर्नुभएको हो ।

यसरी आफ्नो जन्मस्थलमै प्राप्त गरेको यो सम्मानले आफूलाई निकै गौरवान्वित बनाएको बताउँदै ढकालले आफू बलेवाको बृहत्तर विकासका लागि हर समय लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    अर्का सम्मानित व्यक्तित्व चापागाइँले ग्रामीण क्षेत्रसम्म नै यसरी मेला महोत्सवको पहल हुनु प्रसंशनीय कार्य हो भन्दै आफूले आफ्नो जन्मस्थलबाट जीवनकै सबैभन्दा महत्वपूर्ण सम्मान प्राप्त गरेको महसुश भएको धारणा राख्नुभयो । उहाँले आफूलाई यो सम्मानले आउने दिनमा अझै राम्रो काममा अघि बढ्न प्रेरणा दिएको बताउनुभयो ।

उक्त महोत्सव आयोजक नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले उहाँहरुजस्तो राष्ट्रकै आर्थिक क्षेत्रसँग सम्बन्धित व्यक्तित्वलाई बलेवालीहरुले पाउनु नै गौरवको विषय हो र उहाँहरुलाई सम्मान गर्न पाउनु अझ ठूलो खुशीको कुरा हो भन्नुभयो ।

महोत्सव यही फागुन १२ गतेसम्म चल्ने बताइएको छ । यस महोत्सवमा व्यापारिक, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, प्याराग्लाइडिङमार्फत बलेवा क्षेत्रको अवलोकनलगायतको व्यवस्था मिलाइएको छ ।

बाग्लुङ जिल्ला नेपालमा पर्यटनको अत्यधिक सम्भावना रहेको क्षेत्र हो । विश्वकै एक प्रमुख पर्यटनीय गन्तव्य मुस्ताङको प्रवेशद्धार रहेको यस बाग्लुङ जिल्लामा ढोरपाटन, गाजा लेक, घुम्टेको लेकदेखि लिएर अरु पनि कैयौँ चित्ताकर्षक पर्यटकीय गन्तव्यहरु रहेका छन् ।