३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारी पाठकसँग प्रधानमन्त्रीको पनि संलग्नताको आशंका छ- विवेकशील नेपाली दल



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकसँग प्रधानमन्त्रीको पनि संलग्नताको रहेको विवेकशील नेपाली दलले आशंका गरेको छ ।

शुक्रबार प्रेस विज्ञप्तिमा भ्रष्ट्राचारीको अनुहार नै हेर्दिनँ भन्ने प्रधानमन्त्रीले चार महिनादेखि यो विषय गुपचुप राखेको भन्दै केही कारबाही अगाडि नबढाउनुले यस्ता विषयमा प्रधानमन्त्रीको पनि संलग्नताको रहेको हुन सक्ने उक्त दलले दावी गरेको हो ।

विवेकशील नेपाली दलले विज्ञप्तीमा पाठकलाई राजीनामा दिन लगाउने नभई महाभियोग लगाउन संसदसँग माग गरेको छ ।

भक्तपुरमा इन्जिनियरिङ क्याम्पस खोल्ने विषयमा पाठकले घुस लिएको खुल्ने भिडियो नै सार्वजनिक भएको समाचारहरु सार्वजनिक भएपछि विकेशील नेपालीले उनलाई महाभियोग लगाउन माग गरेको हो ।