३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सयुक्त राष्ट्र संघ सुरक्षा परिषदद्वारा निन्दा



अ+ अ-

इरानको दक्षिणपश्चिमी प्रान्त सिस्तान र बलुचेस्तानमा गत बुधबाार भएको घृषित र कायरतापूर्ण आत्मघाती आक्रमणको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले कडा शब्दमा निन्दा गरेको छ । यस आक्रमणमा परी कम्तीमा २७ व्यक्तिको मृत्यु हुनको साथै अन्य १३ जना घाइते भएका छन् ।

परिषदका सदस्य राष्ट्रहरुले यस आक्रमणमा ज्यान गुमाएका परिवारका सदस्यहरु र इरान सरकारप्रति सहानुभूति र समवेदना व्यक्त गरेका छन् । यस आक्रमणमा घाइते भएका व्यक्तिहरुको सिघ्र स्वास्थ्य लाभको पनि परिषदका सदस्यहरुले कामना गरेका छ ।

सवै रुपका आतङ्कवादले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि चेतावनी दिने परिषदका सदस्य राष्ट्रहरुले पुष्टि गरेका छन् । इरान इस्लामिक रेभोलुसनरी गार्ड कोर (आइआरजिसी) लक्षित बुधबार यस आत्मघाती आक्रमण भएको थियो ।

इरानी विदेश मन्त्री बदलाको भावनाले विद्रोहीसमूहले यो आक्रमण गरेको बिहीबार बताउनु भएको छ । पाकिस्तानआवद्ध जैस अलआदी सुनी विद्रोही समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ ।