३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सन्तोषजनक काम गरेको छ – प्रदेश प्रमुख तुम्वाहाङ



अ+ अ-

विराटनगर । प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले एक वर्षको अवधिमा प्रदेशमा भएका कामको सराहना गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज यहाँ आयोजित प्रदेश सरकारको एकवर्षे उपलब्धि सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेसम्म भएका कामप्रति जनता उत्साहित छन् भन्नुभयो ।

उहाँले जनताका चाहना र आवश्यकतामा केन्द्रित भएर काम गरेमा प्रदेशलाई समृद्ध र सुखी बनाउन सकिनेमा जोड दिनुभयो । मुख्यमन्त्री शेरधन राईले प्रदेश तहको संरचना विल्कुलै नयाँ भएपनि जनताका काममा लगनशील भएर लागिरहेको प्रष्ट पार्नुभयो ।

उहाँले सुशासनमा कसैसँग सम्झौता नगर्ने बताउँदै प्रदेशमा ९० वर्ष पूरा गरेका नागरिकलाई मासिक रु पाँच हजार घर–घरमै गएर प्रदान गरिने घोषणा गर्नुभयो ।

सभामुख प्रदीपकुमार भण्डारीले प्राकृतिक स्रोत र सम्पदामा सम्पन्न यस प्रदेशलाई विकासको बाटोमा डो¥याउन प्रदेश सरकार सफल भएकामा खुशी व्यक्त गर्नुभयो ।

मुख्यसचिव केदार न्यौपानेले प्रदेश सरकारले मितव्ययीता अपनाएकाले विकास कार्यमा मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो ।

त्यस अवसरमा प्रदेशको शान्ति सुरक्षालाई बलियो र सुदृढ बनाउन सुरक्षा निकायलाई २४५ थान मोटरसाइकल र १५ थान प्रदान गरिएको थियो ।

ती सवारी साधनका लागि रु १० करोड ५७ लाख खर्च गरिएको थियो। यसैगरी प्रदेश सरकारले एक वर्षको अवधिमा उत्कृष्ट कार्य गर्ने सचिव यज्ञबहादुर खत्री, प्रल्हाद सापकोटा, उपसचिव रवीन्द्र आचार्य, मनोजकुमार यादव, अनिरुद्रप्रसाद साह, खड्गप्रसाद चुँडाललगायत दुईदर्जन कर्मचारीलाई सम्मान गरिएको थियो ।