३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाधिका लागि आज नेपालले म्यानमारसँग खेल्दै



अ+ अ-

काठमाडौँ । हिरो महिला गोल्डकप फुटबलको उपाधिका लागि नेपालले आज राति म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा उपाधिका लागि नेपाल र म्यानमारबीच फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार बेलुकी ६ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

राउण्ड रोविनको आधारमा भएको खेलमा म्यानमार शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहंदै फाइनलमा प्रवेश गरेका हुन् ।

राउण्ड रोविन लिगमा तीन खेलमा तीनै खेल जित हात पार्दै म्यानमारले ९ अंक बनाएको थियो । यता, नेपालले भने तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

लिग राउण्डमा नेपालले पहिलो खेलमा म्यानमारसँग ३–० गोलको हार ब्यहोरेको थियो । त्यसकारण म्यानमारलाई फाइनलमा पराजित गर्दै नेपाल हिरो महिला गोल्डकपको उपाधि उचाल्ने लक्ष्यमा रहेको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा भने आयोजक भारतलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । आफ्नो तेस्रो खेलमा इरानलाई नेपालले ३–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । यता, म्यानमारले भने आफ्नो दोस्रो खेलमा इरानलाई २–० ले र तेस्रो खेलमा भारतलाई २–० गोलले नै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।