३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिग : चेल्सीको कठिन जित, आर्सनल पराजित



अ+ अ-

काठमाडौँ । इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलअन्तर्गत राउन्ड अफ ३२ को पहिलो लेगमा जित हात पारेको छ ।

बिहीबार राति भएको खेलमा चेल्सीले माल्मो एफएफलाई २–१ गोलअन्तरले पराजित गर्दै युरोपा लिग फुटबलअन्तर्गत राउन्ड अफ ३२ को पहिलो लेगमा जित हात पारेको हो । चेल्सीको जितमा रोस बारक्लीले र ओलिभर जिराउडले गोल गरे । यता, माल्मोका लागि एन्डर्स क्रिष्टियनसेनले गोल गरे ।

खेलको ३०औं मिनेटमा नै बारक्लीले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनकै गोलमा चेल्सीले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । ५८औं मिनेटमा जिराउडले गोल गर्दै चिल्सीलाई २–० गोलको अग्रता दिलाए । ८० मिनेटमा क्रिष्टयनसेनले गोल गर्दै माल्मोलाई २–१ को स्थितिमा ल्याए पनि चेल्सीलाई रोक्न भने सकेनन् ।

त्यस्तै, अर्को खेलमा बाटे बोरिसोभसँग आर्सनल १–० गोलले स्तब्ध बनेको छ । पहिलो हाफमा नै गोल गर्दै बाटे बोरिसोभले अग्रता लिएको थियो । जुन अग्रतालाई निर्धारित समयसम्म कायम राखेपछि बलियो टिम आर्सनल १–० गोलअन्तरले पराजित भएको हो ।