३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली लाइसेन्सलाई विदेशीको मान्यता !



अ+ अ-

काठमाडौँ नेपालको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेका सेवाग्राहीले विदेशमा पनि सवारीसाधन चलाउन पाउने भएका छन्।

यातायात व्यवस्था विभागले नेपाली लाइसेन्स धारकलाई अन्तर्राष्ट्रियस्तरमा सवारी चलाउन पाउने कानुनी व्यवस्था गर्न लागेको हो।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ नयाँ बनेपछि ऐनमा नेपाल लाइसेन्स धारकले विदेशमा पनि गाडी चलाउने पाउने व्यवस्था राख्न खोजेको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

‘नेपाली लाइसेन्स अन्तर्राष्ट्रियस्तरमा मान्य हुँदैन। विदेशमा सवारीसाधन चलाउन त्यहीँको लाइसेन्स आवश्यक पर्छ। सवारी चलाउन योग्य हुँदा पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त लाइसेन्स नभएका कारण सेवाग्राही सुविधा पाउनबाट बञ्चित छन्।’ अब बन्ने नयाँ ऐनले विदेश सवारीसाधन चलाउन चाहाने नेपाली लाइसेन्स धारकलाई सहज हुने उपाध्यायले बताए।

उनका अनुसार विदेशमा गाडी चलाउन इच्छुक सेवाग्राहीका लागि सरकारले अन्तर्राष्ट्रिय ड्राइभिङ पर्मिट (आईडीपी) जारी गर्न गर्नुनुपर्ने छ । आईडीपी लाइसेन्स नभई सवारी चलाउने इजाजतपत्र मात्र हो। हालसम्म नेपालबाट आईडीपी जारी हुने गरेको छैन।