३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

झुपडीदेखि महलमा बस्ने सबैको शिक्षा प्रतिवेदन खै ? : अधिकारी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीले शिक्षा आयोगको प्रतिवेदनमा संसदमा पेश गर्न माग गरेका छन्।

राष्ट्रिय सभाको आज बसेको बैठकमा विशेष समयमा बोल्दै अधिकारीले आयोगले प्रतिवेदन बुझाएको महिनौं बित्दा समेत प्रतिवेदन सार्वजनिक नगरिएको प्रति आपत्ति जनाए।

अधिकारीले प्रतिवेदन नै संसदमा सार्वजनिक नगरी कानुन निर्माण अगाडि बढाउन नहुने कुरा राखेका थिए । आयोगको प्रतिवदेनमाथि छलफल नगरी कुनै पनि कानुन ल्याइए मान्य नहुने बताए । उनले शिक्षक, विद्यार्थी, झुपडीदेखि महलमा बस्ने सबैको सरोकार प्रतिवेदनमा रहेको बताए।

‘सदनलाइ गुमराहमा राखेर प्रतिवेदन पेश नगर्नु आश्चर्य र विस्मयको कुरा हो। शिक्षाको कुरा सरकारको मात्रै मन्त्री वा मन्त्रालयको कुरा मात्र भन्ने ठान्नु ज्यादती हो’, अधिकारीले भने।

सरकारले शिक्षा मन्त्रीकै संयोजकत्वमा उच्च स्तरीय शिक्षा आयोग गठन गरेको थियो। आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।