२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काउन्टिन्हो चेल्सी र हजार्ड रियल म्याड्रिड जाने !



अ+ अ-

काठमाडौँ । इङ्लिस कल्व चेल्सीका एडिन हजार्डले आफू रियल म्याड्रिड जान चाहेको बताएका छन् ।

हालै मात्र रियलबाट इटालियन कल्व युभेन्टस छिरेका क्रिस्टियानो रोनाल्डोको ठाँउमा हजार्ड जान चाहेको उल्लेख गरेका छन् ।

टेलिग्राफ स्पोर्टका अनुसार हजार्डले चेल्सीलाई आफ्नो योजनाको बारेमा जानकारी दिएका छैनन् । तर, उनको नयाँ करारबारे कुनै पनि छलफल अघि बढेको छैन ।

उता, रियलले पनि हजार्डलाई उनलाई अनुबन्ध गर्न आफूहरुले चेल्सीसँग बिडिङ गर्ने आश्वासन दिसकेको छ । करारमा मात्र १२ महिना बाँकी रहे पनि चेल्सीले हजार्डको मूल्य १० करोड पाउण्ड तोकेको छ ।

यता, चेल्सीले भने हजार्डलाई हप्ताको ३ लाख पाउण्डभन्दा बढी दिने गरी नयाँ करार अफर गरेपनि मौनमा बस्नुले रियल प्रतिको मोह रहेको फुटबल पण्डितहरुले अनुमान लगाइसकेका छन् ।

उनले यसबारे हालै मात्र संकेत पनि गरेका छन् । हालैमात्र फ्रेन्च रेडियो स्टेसन आरएमसीसँग कुराकानी गर्दै हजार्डले भनेका थिए, ‘म गर्नेछु भन्ने मलाई थाहा छ । मैले निर्णय लिइसकेको छु ।’

गत हप्तामात्र म्यानेजर माउरिजियो सारीले हजार्डले क्लब छाड्न चाहे जान दिनुपर्ने बताएका थिए ।

हजार्डको स्थानमा चेल्सीले अर्को स्टार खेलाडी भित्र्याउने प्रयास गर्नेछ । उसले हर्जाडको ठाँउमा हाल बार्सिलोनामा रहेका मिडफिल्डर फिलिपे काउन्टिन्हो प्रिमियर लिग फर्किने चर्चा चलिरहेको छ ।