२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएला प्रकरण : नेकपाको ‘टोन डाउन’, प्रचण्डले गरेनन् सिधा टिप्पणी



अ+ अ-

काठमाडौँ । सत्तारूढ दल नेकपाले भेनेजुएलाको राजनीतिक संकटबारे केही नरम शैलीमा सोमबार पार्टीको धारणा स्पष्ट पारेको छ । सचिवालय बैठकले यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको वक्तव्यको समेत समीक्षा गर्दै कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने धारणा अघि सारेको हो । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

सचिवालय बैठकको निर्णयमा यसअघि दाहालले गरेजस्तो अमेरिकाप्रति सिधा टिप्पणी गरिएको छैन। भेनेजुएलाका जनताको सार्वभौम अधिकारको सम्मान हुनुपर्ने धारणा मात्र राखिएको छ। दाहालले यसअघि जारी गरेको वक्तव्यमा भेनेजुएलामा हस्तक्षेप गरेको भन्दै अमेरिकालाई लाञ्छित गरिएको थियो।

‘हालैका दिन भेनेजुएलामा विकसित भएका राजनीतिक घटनाक्रमप्रति सचिवालयको ध्यानाकर्षण भएको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘हाम्रो पार्टी हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्छ। कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै देशमाथि कुनै प्रकारको समस्या पैदा भए त्यहाँका जनताले स्वतन्त्रतापूर्वक शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता राख्छ। हाम्रो पार्टी विश्वशान्ति, समझदारी र समृद्धिको पक्षमा छ।’




भर्खरै