२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको पहिलो विकेट गयो, पारस शून्य मै आउट



अ+ अ-

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई शून्य रनमै आउट भएका हुन् ।

आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ नेपालले १०८ रनको समान्य चुनौती पायो।

यूएईका लागि सीपी रिजवनले ४३ बलमा ४४ रन बनाएका रिजवनले चार चौका र एक छक्का प्रहार गरेका थिए । उनलाई अभिनाशले आउट गराए ।

त्यस्तै, यूएईका साइमन अनवरले १४, मोहम्मद बुताले ११ र कप्तान मोहम्मद नाभिद सात रनमा आउट भए । त्यस्तै,गुलाम शब्बरले ६, अस्फाक अहमदले चार र अमिर हायत तीन रनमा आउट हुदा मोहम्मद उस्मान भने शुन्य रनमै आउट भए ।

नेपालका लागि अभिनाश बोहोराले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरको समाप्तिमा २० रन खर्चेर तीन विकेट लिए ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिएका छन् । त्यस्तै, करण केसीले दुई विकेट लिए ।