२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिनेन्द्र रिजाल र गोकुल बाँस्कोटाको दोहोरी गीत



अ+ अ-


आज पूर्व र वर्तमान सञ्चारमन्त्रीबीच दोहोरी गीत चलेको छ । संसदमा नेपाली काँग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले प्रधानमन्त्रीलाई ब्यंग्य गरेका थिए । उनले एउटा नेपाली गीत गाएर प्रधानमन्त्रीलाई ब्यंग्य गरे ।

संसदमा बोल्ने क्रममा उनले प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै एउटा नेपाली गीत आउँछ भन्दै गीत गाए–नयाँ नयाँ जवानी छ नयाँ नयाँ रंग आफ्नो रुप देखेर आफै हुन्छु दंग । उनले प्रधानमन्त्री केपी ओलीले आफैलाई देखेर आफै दंग हुने गरेको बताएका थिए ।

प्रधानमन्त्री हिजोआज नेपाली जनतालाई हेरेर होइन कि आफ्ना दुई तिहाइ बहुमत देखेर मात्र आफै दंग पर्ने गरेको र अनशनमा बसेका गोविन्द केसी र उनको समर्थनमा रहेका सारा देशवासीको कुरा पनि नसुनेको आरोप लगाएका थिए ।

यता त्यस गीतको जवाफ वर्तमान सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सालको पात टपरी हुने नहुने सल्लैको भन्ने गीतबाट जवाफ दिएका थिए । मन्त्रिपरिषदको बैठकका निर्णय जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले संसदमा बहुमत हुनेले नै विधेयक पारित गर्ने हो पास गर्ने हो भनेका थिए ।

उनले उक्त गीतमार्फत नेपाली काँग्रेसलाई ब्यंग्य गर्दै भनेका थिए– एउटा गीत आउँछ नि हिजोआज सालको पात टपरी हुने नहुने सल्लैको भनेजस्तै बहुमतले कानुन पारित हुने नहुने अल्पमतको भनेजस्तै हो । उनले संसदमा बहुमत हुने दलले नै देशका लागि आवश्यक पर्ने कानुन बनाउने जिम्मा जनताबाट पाएको भन्दै यसमा काँग्रेसलाई टाउको दुख्नुपर्ने कारण पनि केही नभएको बताएका थिए ।




भर्खरै