२३ जेष्ठ २०८३, शनिबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटलान्टा सामू रोनाल्डो निर्हिय, बाहिरियो साविक विजेता युभेन्टस



अ+ अ-

एजेन्सी –साविक विजेता युभेन्टस कोपा इटालिया कप फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोको टोली युभेन्टस एटलान्टासँग ३–० गोलले पराजित भयो ।

एटलान्टालाई सेमिफाइनलमा पुर्याउन डुभान जापाटाले दुई तथा टिमोथी कास्टागनेले एक गोल गरे । घरेलु मैदानमा एटलान्टाले ३७औं मिनेटमा टिमोथीको गोलबाट अग्रता लिएको थियो ।

दुई मिनेट लगत्तै जापाटाले गोल गर्दै एटलान्टाको अग्रता दोब्बर बनाए । ८६औं मिनेटमा जापाटाले व्यक्तिगत दोस्रो गोल थप्दै टोलीको जित सहज बनाएका थिए । साविक विजेता युभेन्टसले खेलभर कुनै प्रभाव देखाउन सकेन ।