२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वाइनफ्लुका कारण पाँचजनाको मृत्यु, घुमाउरो पाराले सरकारले स्वीकार्‍यो



अ+ अ-

काठमाडौं । अहिलेसम्म स्वाइनफ्लुका कारण मृत्यु हुनेको सङ्ख्या लुकाएको सरकारले पत्रपत्रिकामा यसबारे समाचार प्रकाशित भएपछि त्यसलाई स्वीकारेको छ। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
कडा खालको रुघाखोकीका कारण पाँच जनाको मृत्यु भएको भनेर स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले घुमाउरो पाराले स्वाइनफ्लुका बिरामीको मृत्यु भएको तथ्य सार्वजनिक गरेको हो। नेपालमा सन् २००९ मा यो रोग देखा पर्दा विश्व स्वास्थ्य संगठनले स्वाइनफ्लु भनेको थियो। अहिले पनि विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा स्वाइनफ्लू अर्थात् फ्लू उल्लेख गरेको पाइन्छ। तर नेपाल सरकार रोग नियन्त्रण गर्नुको सट्टा शब्दमा खेलेर बसेको विज्ञहरूको आरोप छ। काठमाडौँका धेरैजसो अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि चिकित्सकहरूले बिरामीका आफन्तलाई समेत फ्लुको भ्याक्सिन लिन सल्लाह दिएका छन्। केएमसी अस्पतालमा फ्लुको उपचार गराइरहेका बिरामीका आफन्तले कुरुवा बसेका आफन्तलाई खोप लगाएको बताए।




भर्खरै