२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले आज दोस्रो एकदिवसीय खेल यूएईविरुद्ध खेल्दै, भेषावकरबिना नै मैदान उत्रँदै



अ+ अ-

काठमाडौं । नेपालले आज आफ्नो दोस्रो एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेल संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्दै छ ।

अन्तर्राष्ट्रिय यात्राको २३ वर्षे इतिहासमा केवल दुई पटक एकदिवसीय खेल खेल्ने क्रममा नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेलेको थियो । नेपालले गत अगष्स्को पहिलो साता नेदरल्यान्ड्समै भएको दुई खेलको उक्त शृंखला बराबरीमा समाप्त पारेको थियो ।

नेपालले आजको खेलबाट जित हात पारेमा नयाँ किर्तिमान बनाउन सक्ने हुनाले आजको खेललाई महत्वका साथ हेरिएको छ । तर नेपालले यूएईलाई हराउन त्यति सहज मानिदैन किन भने आफ्नै मैदानमा खेल्न लागेको यूएई नेपालका लागि परम्परागत र बलियो प्रतिद्वन्द्वी हो । यूएईले नेपाललाई सधैं दबाबमा राख्ने गरेको छ । त्यसैले नेपालले आजको खेलमा सुधार गरेर मैदानमा राम्रो खेल खेल्न जरुरी देखिन्छ ।

यूएईविरुद्ध नेपालले खेलेको पछिल्लो एकदिवसीय खेलमा समेत नेपाल पराजित भएको छ । गत अगस्टमा मलेसियामा भएको एसिया कप छनोट प्रतियोगितामा यूएईले नेपाललाई ७८ रनले हराएको थियो ।

यूएई आफ्ना नियमित कप्तान रोहन मुस्तफा र अन्य दुई अनुभवी खेलाडीबिना नै नेपालविरुद्ध मैदानमा उत्रँदै छ । नेपाल पनि बिरामी परेका आफ्ना अनुभवी ब्याट्सम्यान शरद भेषावकरबिना मैदान उत्रँदै छ ।