२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिकिनी लगाएर पहाड चढ्ने सुन्दरीको चिसोबाट मृत्यु



अ+ अ-

काठमाडौँ । मुटु नै कमाउने चिसो पहाडको पदमार्गहरुमा बिकिनी लगाएर यात्रा गर्ने ताइवानी एक पदयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताइवानको पदयात्री ३६ वर्षकी गिगी वू हुन् । उनि बिकिनीमा पदयात्रा गरेर सेल्फी पोष्ट गरेर चर्चामा आएकी थिईन ।

ति युवति पदयात्राकै क्रममा ६५ फिट गहिरो खाडलमा खसेर चिसोका कारण मृत्यु भएको ताइवानका मिडियाले जनाएको छ । मिडियाका अनुसार गिगी ताइवान राष्ट्रिय निकुञ्जभित्र मृत अबस्थामा भेटिएकी थिईन् ।

गिगी ताइवानको युशान पहाडको २५ दिने पदयात्रामा थिइन् । जनवरी ११ मा उनी एक्लै पहाड चढ्न सुरु गरेकी थिइन् ।

पहाडबाट तल खोँचमा खसेर गम्भीर घाइते भएकी गिगीले १९ जनवरीका दिन स्याटेलाइट फोनमार्फत कल गरी आफ्ना साथीहरुसँग गुहार मागेकी थिइन् ।

चिसोका कारण मृतक गिगी को लास जमेको अवस्थामा पाइएको थियो । सोमबार उनको शव खोँचबाट बाहिर निकालिएको थियो ।

यसअघि पनि गिगी विभिन्न समयमा पदयात्राका क्रममा घाइते हुने गरेकी थिइन् । गत क्रिसमसका बेला समेत उनी दुर्घटनामा बालबाल बँचेकी थिइन् । तर यो पटक उनलाई भाग्यले साथ दिएन र पहाडको खोँचमा ज्यान गुमाउन पुगिन् ।