२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव सेवामा प्रहरी, बृद्धबृद्धालाई राहत



अ+ अ-

काठमाडौं । प्रहरीको प्रमुख काम शान्ति सुरक्षा गर्नु हो । शान्ति सुरक्षासँगै प्रहरी मानव सेवामा पनि जुटेको छ । काठमाडौं उपत्यकाभित्र मन्दिर, पाटी र सडकमै रात विताउदै आएका असहायलाई जाडोबाट बचाउन प्रहरीले उद्धार गरेर आश्रमसम्म पु¥याउने कामलाई तीव्रता दिएको छ ।

सडकमा वेवारिसे अवस्थामा बस्ने नागरिकको जीवन रक्षा गर्न प्रहरीले उपत्यकाभित्र अभियानकै रुपमा बृद्धबृद्धा र बालबालिकाको उद्धार गरेर आश्रमसम्म पु¥याउदै आएको छ । राजधानीमा रहेका मानव सेवा आश्रमसँगको समन्वय गरेर प्रहरीले रातको समयमा सडकमा रहेका वेवारिसे र असहायलाई उद्धार गर्ने कार्यलाई तीन सातादेखि निरन्तरता दिएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले असाहय नागरिकको जीवन रक्षा गर्नकालागि उद्धार गरेर आश्रम लैजाने अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–जाडोको समयमा मात्र होइन, यो अभियानलाई निरन्तरता दिएर सकेसम्म सडकलाई असहाय नागरिक विहीन वातावरण सृजना गछौ ।’

काठमाडौं, ललितपुर र भक्तपुरमा तीन सातादेखि रातिको समयमा असहायको उद्धार गर्ने अभियान हुदै आएको छ । प्रमुख थापाले भन्नुभयो–उपत्यकाको तीन वटै जिल्लामा रातीको समयमा असहायको खोजी गर्दै उद्धार गरेर आश्रमसम्म पु¥याएका छौं ।

महानगरी प्रहरी कार्यालयले सञ्चालन गरेको अभियान अन्तर्गत काठमाडौमा १ सय १७, भक्तपुरमा ३४ र ललितपुरमा ७ जना असहायको उद्धार गरिएको छ । प्रहरीले दुई महिनाको बालिकादेखि ९० बर्षको बृद्धाबृद्धासम्मलाई उद्धार गरेको छ ।

दुई महिनादेखि ९० बर्षसम्मका बृद्धाबृद्धालाई राहत

उद्धार गरिएकालाई सधैको लागि बस्न पाउने गरी आश्रमले लिने गरेको बताउदै डिआईजी थापाले उद्धार गरिएका असहायको जीवन रक्षासँग बसोबासको दिगो व्यवस्थापन समेत भएको बताउनुभयो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख रविन्द्र धानुकले ललितपुर जिल्ला भर अहिलेसम्म ७ जना असहायको उद्धार गरेर मानव सेवा आश्रम हात्तिबनमा पठाइएको बताउनुभयो । उहाँले भन्नुभयो–असहायहरुलाई कठाङग्रिदो जाडोबाट बचाउने अभियान निरन्तर रुपमा चलाइरहेका छौं ।’

प्रहरीले सडकबाट उद्धार गरेका असाहयलाई हिमालय बृद्धाश्रम, वरिष्ठ नागरिक समाज लैनचौर, मानव सेवा आश्रम बुढानिकण्ठ, मानव कल्यण समाज (सेवा घर) खरिपाटीमा राखिएको छ । उद्धार गरिकालाई आश्रमहरुले खान बस्नेको व्यवस्थापन गर्ने गरेको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सह–सचिव वीरबहादुर राईले सडकमा अलपत्र अवस्थामा रहेका असहायको उद्धार गर्नकालागि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको बताउनुभयो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–सडकमा रहेका असहायको उद्धार र व्यवस्थापनमा मन्त्रालयले नीतिगत योजना बनाएर नै काम गरिरहेको छ ।’ उपत्यका भित्रका मन्दिर, पार्टी लगायतको स्थानलाई नै असहायले आफ्नो आश्रम बनाउदै आएका छन् । समाचार नेपाल समाचारपत्रमा छ ।




भर्खरै