२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरले भारतको कोलकाता उडान भर्ने



अ+ अ-

काठमाडौँ: बुद्ध एयरले भारतको कोलकातामा आगामी विसं २०७६ वैशाख २ गतेदेखि उडान भर्ने भएको छ । 

पर्यटनलाई लक्षित गर्दै काठमाडौँ–कोलकता साताको तीन पटक उडान भर्ने कम्पनीद्वारा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौँ–कोलकत्ता उडान गरिने जानकारी दिनुभयाे ।

यो उडान हाल प्रयोग भइरहेको एटिआर–७२ विमानबाटै हुनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलकाता पुग्न १ घण्टा ४० मिनेट लाग्ने छ । यसअघि बुद्धले भारतको बराणसीमा उडान भर्दै आएको छ । 

बुद्धले पर्यटक यात्रुलाई विशेष जोड दिने तयारी रहेको जनाएको छ । हाल साताको करीब ८०० उडान गर्दै आएको बुद्धले कोलकतामा ६ उडान रहने प्रबन्ध निर्देशक बस्नेतले बताउनुभयो । 

कोलकातामा उडान सफल भएपछि विसं २०७७ भदौदेखि दक्षिण एशियाका विभिन्न गन्तब्यमा जेट विमानबाट उडान सञ्चालन गर्ने जनाएको छ । तत्कालका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अन्तर्राष्ट्रिय उडान भर्ने र पोखरा क्षेत्रीय विमानस्थल सञ्चालनमा आएसँगै विसं २०७८ भदौबाट पोखराबाट उडान भर्ने तयारी रहेको प्रबन्ध निर्देशक बस्नेतको भनाइ छ । 

कोलकता उडान सफल भएमा भारतकै अन्य गन्तब्यमा पनि बुद्धले आफ्नो सेवा पु¥याउने जनाएको छ । बुद्ध एयरका नौ वटा एटीआर विमान पुगेका छन् । यीमध्ये छ एटीआर–७२ र दुई एटीआर–४२ हुन् । बुद्धसँग दुई विचक्राफ्ट विमान पनि छन् । 

बुद्धले हाल आन्तरिकतर्फ भद्रपुर, विराटनगर, तुम्लिङ्टार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङ्टार र पोखरा–भैरहवा उडान भर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुद्धले गत असार १५ गतेदेखि भारतको बराणसी सिधा उडान शुरु गरेको थियो ।