२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचारमा ओली र देउवाको सेटिङ छ : भट्टराई



अ+ अ-

काठमाडौँ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराईले वाइड बडी विमान खरिद प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाको मिलेमहत्तो रहेको आरोप लगाएका छन् ।

उनले हावा नचलिकन पात नहल्लिने भन्दै सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य नेताहरू नै संलग्न रहेको उनले आरोप लगाएका हुन् ।भट्टराईले प्रधानमन्त्री ओली र देउवाबीच सो प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको र उक्त प्रकरण ढाकछोप गरेर नछोप्पिने उल्लेख गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले, वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने घोषणा पनि गरेको छ।

वाइड बडी विमान खरिदमा करिब ४ अर्ब ३५ करोडको भ्रष्टाचार भएको ठहर संघीय संसदको सार्वजनिक लेखा समितिले गरेको थियो।




भर्खरै