३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट फर्कीदा तस्करीको सुन



अ+ अ-

काठमाडौं । सुन तस्करीको अन्तर्राष्ट्रिय गिरोहले खाडीबाट फर्किएका कामदारलाई तस्करीमा प्रयोग गर्न थालेको पाइएको छ । विशेष गरी कतारबाट फर्किनेहरू तस्करीको सुनसहित पक्राउ पर्न थालेका छन् ।

गत आइतबार महानगरीय प्रहरी परिसरले पिंगलास्थानबाट समीर श्रेष्ठलाई सुनका पाँच थान चुरा (२५० ग्राम) सहित पक्राउ गर्यो । समीरले कतारबाट फर्केका ५ कामदारबाट उक्त सुन संकलन गरेका थिए ।

प्रहरीका अनुसार कतारमा रहेका समीरका आफन्तले ती कामदारलाई जनही ६ हजार दिने सर्तमा सुन ओसार्न लगाएका थिए । समीरले यस्तो सुन विमानस्थलबाहिर संकलन गर्ने र बजारमा बेच्ने गरेको प्रहरी अनुसन्धानले देखाउँछ ।

विदेशमा एक वर्षभन्दा बढी काम गरेका श्रमिकले फर्किंदा ५० ग्रामसम्म सुनको गहना ल्याउन पाउँछन् । संगठित सुन तस्करले पछिल्ला दिन यही प्रावधानको फाइदा उठाइरहेका छन् ।, कान्तिपुरमा खबर छ ।