२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

७३ हजार ४१ कर्मचारीले रोजे समायोजन, फारम भर्ने म्याद नथपिने



अ+ अ-

काठमाडौं । सरकारले संघ,प्रदेश र स्थानीय तहमा खटेर जाने कर्मचारी समायोजनको आवेदन खुल्ला गरेपछि ५९ हजार ७ सय ९८ जना कर्मचारीहरुले समायोजनमा जान इच्छुक रहेको देखाएका छन् । यसमा निजामती कर्मचारीको संख्या मात्र ५८ हजार रहेको मन्त्रालयले, बताएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका १ लाख ३८ हजार १७८ कर्मचारी मध्य संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्न लागेको हो ।

सरकारले २१ दिने म्याद राखेर गत पुस १३ गतेदेखि देखि माग १ गते अर्थात आज अन्तिम दिन बुधबार समायोजन फारम भर्ने मिति तोकेको थियो । अबको एक हप्तापछि समायोजन फारम भरेका कर्मचारीहरु मध्य माथिल्लो तहका कर्मचारीबाट समायोजन सुरु गर्ने जनाएको छ ।

मन्त्रालयका अनुसार माघ १ गते साढे १० बजे सम्म ५९ हजार ७ सय ९८ कर्मचारीहरुले फारम बुझाएका थिए र थप १४ हजार जना सिस्टममा इङ्गेज देखिएको छ । यो सबै हेर्दा ७३ हजार ४१ कर्मचारी समायोजनमा आएका छन् । सिस्टममा इङ्गेज भएकाहरुले लगइन गरेर आफ्नो विवरण भरिरहेको हुनसक्ने मन्त्रालयको अनुमान छ ।

७३ हजार कर्मचारी समायोजनमा आउनु भनेको करिब ८८ प्रतिशतले समायोजन रोजेको भएका कारण अब समायोजन फारम भर्न बाकी रहेका कर्मचारीहरुको आवेदन नलिईने मन्त्रालयले जनाएको छ ।