२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिहानबाट युवती हराईन, ‘भूत विवाह’ को आशंका



अ+ अ-

चिनियाँ युवतीको शव कफिनसहित हराएपछि सनसनी मच्चिएको छ । चिहानबाट युवतीको शव हराउनुमा त्यहाँ प्रचलित ‘भूत विवाह’ को आशंका गरिएको छ ।


‘मिंघम’ वा ‘आत्मा विवाह’ का रुपमा चिनियाँहरु शवसँग विवाह गर्छन् । शवसँग विवाह गर्दा जीवनभर मात्र नभई मृत्युपछि पनि शान्ति मिल्ने चिनियाँ विश्वास छ । विशेषगरी नवविवाहित वरबधुमध्ये एकको अचानक मृत्यु हुँदा वा पहिलो सन्तान मर्दा त्यस्तो विवाह गरिन्छ ।

१८ वर्षको उमेरमै बितेकी ती युवतीको शव त्यस्तै विवाहका लागि चोरिएको हुन सक्ने आफन्तको धारणा छ । झन्डै दुई दशकअघि चिहानमा गाडिएकी युवती हराएपछि आफन्त भावविह्वल छन् । भन्छन्, ‘उनको कफिनमा त्यस्तो मूल्यवान वस्तु केही पनि थिएन ।’


आफन्तका अनुसार केही समयअघि एक मानिस भूत विवाहका लागि युवतीको शव खरिद गर्न घरमै आएका थिए । तर उनीहरुले मानेनन् । यसअघि सन् २०१५ मा साङसी प्रान्तस्थित एक गाउँको चिहानबाट १४ महिलाका शव चोरी भएको बीबीसीले जनाएको छ ।


चिनियाँ प्रहरी कफिनसहित हराएको शवको खोजीमा लागिपरेको विदेशी सञ्चार माध्यमले लेखेका छन् । सन् २००६ को अगस्तमा चीनले आधिकारिक कानुन ल्याएर शव किनबेचमा प्रतिबन्ध लगाएको थियो ।




भर्खरै