२३ जेष्ठ २०८३, शनिबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुर्टोनको पोष्टमा म्यान्चेस्टर सिटीको गोलको बर्षा, जेसुसले गरे चार गोल



अ+ अ-

काठमाडौं । म्यान्चेस्टर सिटीले काराबाओ कपको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा बुर्टोन बिरुद्द गोलको बर्षा गरेको छ । आफ्नै घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीले बुर्टोनको पोष्टमा गोलको वर्षा गर्दै ९–० गोलअन्तरले जित हात पारेको हो ।

फराकिलो गोलअन्तरले बुर्टोनलाई पराजित गर्ने क्रममा सिटीका गाब्रियल जेसुसले हृयाट्रिकसँगै चार गोल गरे । त्यस्तै, केभिन डे ब्रुयन, एलेक्जेन्डर जिन्चेन्को, फिल फोडेन, कायल वाल्कर र रियाड महरेजले गोल गरे ।

खेलको पाँचौ मिनेटमा नै ब्रुयनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सुरुवातीमै आक्रामक खेल खेल्दै अग्रता बनाएको सिटीका लागि खेलको ३०औं र ३४औं मिनेटमा जेसुसले गोल गर्दा ३७औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै ४–० गोलको अग्रतामा पुर्‍याएका थिए ।

पहिलो हाफमा ४–० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप पाँच गोल गर्न सफल भयो । खेलको ५७औं मिनेटमा जेसुसले अर्को गोल गर्दै हृयाट्रिक पूरा गरेका थिए । उनको हृयाट्रिकसँगै सिटीले भने ५–० गोलको अग्रता बनाएको थियो ।

६२औं मिनेटमा फोडेनले गोल गर्दा ६५औं मिनेटमा जेसुसले व्यक्तिगत चौथो गोल गर्दै सिटीलाई ७–० गोलको अग्रता दिलाएका थिए । एकपछि अर्को गोल गर्ने क्रममा सिटीका लागि वाल्करले ७०औं र महरेजले ८३औं मिनेटमा गोल गर्दै बुर्टोनमाथि ९० गोलको जित दिलाए ।