२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी मुद्दा प्रभावकारी बनाउन वकिललाई तालीम



अ+ अ-

काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले सरकारी पक्षका मुद्दालाई प्रभावकारी रुपमा बहस गर्नका लागि सरकारी वकिललाई विषयगत रुपमा विशिष्टीकरण तालीम दिएको छ ।

महान्यायाधिवक्ता कार्यालयको दोस्रो पञ्चवर्षीय योजनाअनुसार सरकारी मुद्दालाई प्रभावकारी रुपमा बहस गर्नका लागि विशिष्टीकरणको तालीम दिइएको हो । अहिलेसम्म महान्यायाधिवक्ता कार्यालयले सरकारी वकिललाई संवैधानिक कानून र राजश्व कानूनमा तालीम दिइसकेको छ ।

सरकारी वकिल कुनै पनि विषयमा पोख्त नहुँदा प्रायः सरकारी पक्ष मुद्दा हार्ने गरेको थियो । महान्यायाधिवक्ता कार्यालयका सह–न्यायाधिवक्ता सञ्जीवराज रेग्मीले सरकार पक्षका मुद्दामा सरकारी वकिललाई प्रभावकारी रुपमा बहस गराउनको लागि तालीम दिएको बताउनुभयो ।

“विश्वविद्यालयको पाठ्यक्रममा कानूनका सामान्य कुरा मात्र पढाइ हुन्छ । मुद्दासम्बन्धी केन्द्रित गरेर पढाइ हँुदैन” उहाँले भन्नुभयो, “त्यसैले सरकारी पक्षबाट मुद्दा लड्ने सरकारी वकिललाई प्रभावकारी रुपमा प्रस्तुत हुनका लागि तालीम आयोजना गरिएको हो ।

कार्यालयका प्रवक्तासमेत रहनुभएका रेग्मीले तालीमपछि सरकारी पक्षका मुद्दा प्रभावकारी भएको बताउनुभयो । उहाँका अनुसार पञ्चवर्षीय योजनामा कार्यालयले संवैधानिक कानून, राजश्व कानून, भ्रष्टाचारसम्बन्धी कानून, सङ्गठित अपराध, बैंकिङ कसुर, साइवर अपराध र कर्मचारीको सेवासम्बन्धी कानूनमा तालीम दिइने छ ।

कार्यालयले जनसरोकारका अदालतमा बढी मुद्दा पर्ने विषयमा तालीम दिइएको हो । कार्यालयले १५ दिनको पाठ्यक्रम बनाएर ३० वटा कक्षा सञ्चालन गर्ने गरेको छ ।

उहाँले अब तीन वर्षभित्र २५ जनाका दरले बाँकी छ वटा विषयमा तालीम दिइने बताउनुभयो । कार्यालयले विषयगत प्राथमिकताका आधारमा तालीम सञ्चालन गरेको छ ।
रासस