२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानले पठायो श्रम समझदारीको मस्यौदा, प्राविधिक टोली २५ गते आउँदै



अ+ अ-

काठमाडौं । जापान सरकारले नेपालबाट कामदार लैजाने गरी श्रम समझदारी गर्न अवधारणासहितको मस्यौदा पठाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कामदारका स्रोतको निम्ति नेपाललाई पनि मुख्य साझेदार देश बनाई छनोट गरेको छ ।

जापान सरकारले यस क्रममा कामदार भर्ति र आपूर्तिबारेमा अवधाराणा पत्र नेपाल पठाएको छ । जापान सरकारले नेपाललाइ कामदारको प्रस्तावित मस्यौदा पठाएको र उक्त मस्यौदामाथि नेपाली पक्षले अध्ययन सुरु गरेपछि नेपालबाट कामदार पठाउने बाटो खुल्ला हुनेछ । कुन मोडलबाट, कस्ता कामदार, कुन प्रक्रियाबाट लैजाने भन्ने गरी जापानले पठाएको अवधारणामाथि नेपालले केही समयपछि बस्ने दुई देशीय श्रम अधिकारीको बैठकमा नेपालले आफ्नो धारणा राख्नेछ ।

प्राप्त मस्यौदालाई अन्तिम रुप दिन जनवरीको तेस्रो साता जापानी श्रम अधिकारीको प्राविधिक टोली काठमाडौं आउने कार्यक्रम रहेको श्रम मन्त्रालयले जनाएको छ । सरकारले नेपाली कामदारको हित,मासिक ज्याला र सुरक्षालाई केन्द्रमा राखेर सरकारी तवरबाटै कामदार पठाउने वातावरण निर्माण गर्न योजना बनाएको छ ।

जापान सरकारले विदेशी कामदार भित्र्याउने उद्देश्यसहित नीतिगत प्याकेजको घोषणा गरेको हो । यसअन्तर्गत देशभर एक सय वटा रोजगार परामर्श केन्द्र खोलिने छ, जसले नेपाली सहित ११ बिभिन्न भाषामा सहायता प्रदान गर्ने दुबै देशका कूटनितिज्ञहरुले जानकारी दिएको छ।

नेपालसँगै जापन सरकारले कामदारको रुपमा चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट श्रमिक लैजाने योजना बनाउको हो ।

कामदार आपूर्ति र अन्य विषयमा छलफल गर्न जापानका परराष्ट्रमन्त्री पुस २५ गते नेपाल आउने तय भएको छ । नेपाली पक्षसँग छलफल गरेर कहिलेदेखी कामदार लैजाने भन्ने अन्तिम टुङ्गो लागेपछि रोजगारका लागि जापनको ढोका खोलिने छ ।