२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीका प्रखर आलोचक एवम् खलपात्र प्रकाश राज चुनाव लड्दै(टुईटसहित)



अ+ अ-

खलपात्र भूमिकामा लोकप्रिय अभिनेता प्रकास राजले चुनाव लड्ने घोषणा गरेका छन् ।

उनले यसै वर्ष हुने लोकसभा चुनाव लड्ने घोषणा गरेका हुन्। उनले ट्वीटरमा नयाँ वर्षको शुभ-कामना दिदैं आगामी लोकसभा निर्वाचनमा आफ्नो दाबेदारी रहने उद्घोष गरेका हुन्।

उनी वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आलोचक हुन्। उनले गत वर्ष आफ्ना मित्र एवम पत्रकार गौरी लंकेशको हत्या भएपछि प्रधामन्त्री मोदीको मौनताले हत्याराहरूलाई प्रश्रय दिएको आरोप लगाएका थिए।

उनले देशका प्रधानमन्त्री मौन रहनु आफैमा लज्जाजनक भएको भन्दै चर्को आलोचना गरेका थिए।

धेरै मोदीविरोधी दलले आफ्नो पार्टीबाट राजनीतिमा आउन आग्रह गरेपनि उनी लोकसभामा निर्दलिय उम्मेदवार बन्दैछन्।
उनले आगामी सर्कार जनताको सरकार हुनुपर्ने पनि आफ्नो ट्वीटमा उल्लेख गरेका छन्।