२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा जबराको कार्य सुरु, जोशीलाई दिएनन् पेशी



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई राजीनामा दिन सुझाव दिएका छन् ।

आज मात्रै राष्ट्रपतिबाट सपथ लिएका जबराले अदालतको सम्मान गर्दै जोशीलाई अब पेशी नदिन सरकारसँग अपिल गरेका हुन् । उनले आफु प्रधानन्यायाधीशको कार्य भार सम्हालेका दिननै जोशीलाइ पेशीबाट अलग राखेका छन् ।

जबरा नियुक्ति भएको दिननै जोशीलाइ सर्वोच्चमा आफ्नो स्वागत गर्न रोक लगाएपनि जोशी भने सहपाटि भएको कारण जबरालाई उनकै कार्यकक्षमा पुगेर बधाई दिएका थिए ।

नवनियुक्त प्रधानन्यायाधीश जबराले जोशी आफ्नो सहपाठी भएको भन्दै सबैको भावना बुझेर निकास दिन आग्रह गरेका छन् । उनले भने, ‘अदालतलाई बन्धक बनाउनु हुँदैन । उहाँले अदालतलाई निकास दिनुहुन्छ भन्ने आशा छ ।’

प्रधानन्यायाधीशमा संसदीय समितिबाट अस्वीकृत भएपनि जोशीले भने अदालत जान छाडेका छैनन् ।