२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीमा संलग्न तीनजना पक्राउ



अ+ अ-


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र विगत सात महीनादेखि विभिन्न चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्ला औरही गाउँपालिका–१ का २१ वर्षीय मोहम्मद इलियाकत राइन, उपमहानगरपालिका–४ महावीर चोकका २२ वर्षीय अभिमन्युकुमार साह र महोत्तरी जिल्ला औरही नगरपालिका–३ सोनामाईका १८ वर्षीय रमेशकुमार यादव रहेका छन् ।

जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले पक्राउ परेकाले ग्यास प्रयोग गरी सटर काटेर चोरी गर्ने गरेको बताउनुभयो । पक्राउ गरिएकाबाट सामसुङ्ग ५५ इन्चको एलइडी एक, ल्यापटप एक, मोबाइल छ, खुकुरी एक थान, सुनजस्तो देखिने दाना छ, सुनजस्तो देखिने टीकाको टुक्रा सात, कानमा लगाउने सुनजस्तो देखिने झुम्का एक जोर बरामद गरिएको छ ।
चाँदीजस्तो देखिने कानमा लगाउने झुम्का एक जोर, सुनजस्तो देखिने सिक्री एक, चाँदीजस्तो देखिने कटोरा एक, चाँदीजस्तो देखिने पाउजू एक, मोती सेट भएको बाला एक, ढोका र झ¥यालमा लगाउने पर्दा १०, अक्सिजन ग्यास सिलिण्डर एक, ग्यास रेगुलेटर एक, ग्यास पाइप फलामको एक, फाइटर एक थान, ग्यास पाइप एक रिङ्ग र पाउजू एक जोर पनि बरामद गरिएको जनाइएको छ ।
बरामद गरिएका सामानमा जिल्ला प्रहरी कार्यालयमा जेठ महीनादेखि मङ्सिर महीनासम्म जाहेरी भएको नौ वटा चोरीका घटनाका सामानसमेत रहेको बताइएको छ ।

रासस