२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानले भने, ‘संजय दत्तका कारण अहिलेसम्म अविवाहित छु’



अ+ अ-

५३ वर्षको उमेरमा पनि अझैं अविवाहित रहेका सलमान खानले आफ्नो विवाह संजय दत्तका कारण हुन नसकेको खुलासा गरेका छन् ।

उनले यसबारे कपिल शर्मा सो सिजन टुमा भनेका हुन् । कपिल शर्मा एकपटक पुनः आफ्नो कमेडी शो लिएर प्रशंसकबीच उपस्थित भइसकेका छन् । यही कार्यक्रमको एउटा क्लिप सार्वजनिक भइरहेको छ जसमा सलमान खानले संजय दत्तका कारण आफ्नो अहिलेसम्म विवाह हुन नसकेको बताइरहेका छन् ।

उक्त कार्यक्रममा सलमानले कपिललाई एउटा किस्सा सुनाइरहेको देखिन्छन् । उनले भनिरहेका छन्, ‘एकपटक सञ्जु बाबाले मलाई विवाह गर्नुपर्छ भनेर सम्झाइरहेका थिए । त्यतिबेला उनको फोनको घण्टी बज्यो र उनी एक सेकेन्ड भनेर त्यहाँबाट गए । त्यसपछि मलाई थाहा भयो कि विवाह गर्नु कति गाह्रो छ ।’

सलमानको यो कुरामा कपिल र त्यहाँ उपस्थित सबै दर्शक मज्जाले हाँस्न थाले । कपिल शर्माको शो सोनी टेलिभिजनमा सुरु भइसकेको छ जुन शनिबार–आइतबार राती साढे ९ बजे हेर्न सकिन्छ ।

एजेन्सी