२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारको कमाल ! भीआईपीका नाममा अर्बौ रुपैयाँ, जनता भने भोक भोकै



अ+ अ-

काठमाडौं । सरकारले उच्चपदस्थ अधिकारी (भीआईपी)का लागि अर्बौ रुपैयाँ खर्चेर सुविधा सम्पन्न महलहरू निर्माण कार्य अघि बढाएको छ । सहरी विकास मन्त्रालयले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र सांसदहरूको लागि भव्य महल बनाउने प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले भीआईपीहरूसँगै ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र दमक भ्यू टावरको निर्माण कार्य पनि अघि बढाएको छ ।

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद भवनका लागि आवश्यक पूर्वाधारका साथै अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र र दमक भ्यू टावर निर्माणका मुख्य कार्यक्रमहरू मन्त्रालयले अघि बढाएको बताए । “राष्ट्रपति निवासभित्र रहेको प्रहरी प्रशिक्षक प्रतिष्ठानलाई १८ महिनाभित्र काभ्रेको पनौतीमा सारेर पाहुना घर लगायतका पूर्वाधार बनाउने योजना अघि बढेको छ,” उनले भने ।

मन्त्रालयका अनुसार प्रहरी प्रशिक्षण प्रतिष्ठानसहितको २ सय २२ रोपनी जग्गामा पाहुना घर, हेलीप्याड, परेड खेल्ने मैदान, लाइब्रेरी, स्वास्थ्य केन्द्र, गार्ड अफ अनर, बैठक कक्ष, स्वीमिङ पुल, सेरेमोनियल गेट, चिल्ड्रेन पार्क तथा कर्मचारी तथा कामदारहरूको लागि आवास गृह र पार्किङस्थल बनाउने योजना छ । २०७५ माघ मसान्तसम्ममा गुरुयोजना सम्पन्न गरेर २०७६ को असारसम्ममा पहिलो फेजको डिजाइन तथा २०७६ माघमा खरिद कार्य सम्पन्न गरी फागुनदेखि निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ ।

त्यसैगरी उपराष्ट्रपतिको कार्यालय तथा निवास व्यवस्थापनका लागि लैनचौरस्थित समाज कल्याण परिषदमा सार्नेगरी भवन मर्मत गरिरहेको मन्त्रालयले परिषद्का लागि भने उपयुक्त जग्गामा नयाँ भवन निर्माणका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य मन्त्रालयको छ । प्रधानमन्त्री निवास वालुवाको १ रोपनी ९ आना जग्गामा नयाँ आवास भवन निर्माण गर्न लागेको मन्त्रालयले भैसेपाटीमा नयाँ मन्त्री निवास तथा प्रदेश सम्पर्क कार्यालय निर्माणको प्रारम्भिक गुरुयोजना निर्माण अघि बढाएको छ । मन्त्रीहरूका लागि हाल मन्त्री निवासमा नयाँ भवन निर्माण गर्न लागेको मन्त्रालयले संघीय संसद भवनको डिजाइनको कार्य अन्तिम चरणमा पु¥याएको छ ।

२०७६ मा मसान्तसम्ममा डिजाइन सम्पन्न गरेर २०७६ वैशाख मसान्तभित्र खरिद प्रकृया पूरा गर्ने लक्ष्य राखेको मन्त्रालयले आगामी जेठबाट निर्माण कार्य सुरु गरेर सांसद भवन दुई वर्षभित्र पूरा गर्ने लक्ष्य राखेको छ । ठिमीको १ सय ८९ रोपनी जग्गामा ५ हजार क्षमताको अन्र्तराष्ट्रिय सभाहल बनाउनका लागि अघि बढेको मन्त्रालयले आगामी माघ महिनामा डिजाइन र आगामी वैशाखमा खरिद प्रक्रिया सकेर २०७६ असारदेखि निर्माण सुरु गरी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

मन्त्री राई सम्मेलन केन्द्र मल्लकालीन डिजाइनमा बन्न लागेको बताउँछन् । त्यसैगरी आगामी फागुनदेखि दमक भ्यू टावर निर्माण गर्ने लक्ष्य राखेको दमक भ्यू टावर दुई वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । भ्यू टावरको निर्माण कार्य सम्पन्न भैसकेकोले दुई अर्ब लागत लाग्ने अनुमान गरिएको भएपनि अन्य आोजनाहरूको भने लागतको टुंगो लागेको छैन तर मन्त्रालय स्रोतले ठूलाठूला सबै संरचना निर्माणका लागि २० अर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरेको छ । कारोबार दैनिकबाट