२५ जेष्ठ २०८३, सोमबार
,
Latest
संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर दाउन्नेमा बस दुर्घटना, सात जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुनिभाले जित्यो धिमेबाजाको उपाधि



अ+ अ-

भक्तपुर ।  भक्तपुर जिल्लाव्यापी दोस्रो धिमे बाजा प्रतियोगिता, २०७५ को उपाधि सूर्यविनायक नगरपालिका– १ सिरुटारस्थित लुनिभाः धिमे खलःले हात पारेको छ । सरस्वती कला केन्द्रले सूर्यविनायक नगरपालिकाको चित्रपुरमा आयोजना गरेको प्रतियोगितामा सहभागी ११ समूहलाई पछाडि पारेर खलःले १५ हजार नगर पुरस्कारसहित उपाधि हात पारेको हो ।

प्रतियोगितामा मध्यपुर थिमिको सिवाः साय्मि खलः ‘क’ समूह दोस्रो, भक्तपुर नासमनाको न्हूजः धिमे खलः तेस्रो र सिवाः साय्मि खलःकै मचा पुचः समूह ‘ख’ चौथो भएका छन् । कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले विजयी समूहलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै नगरको मौलिक कला र संस्कृति संरक्षणमा स्थानीय तहले आवश्यक सहयोग गर्ने बताउनुभयो । त्यस अवसरमा दधिकोट पकाण्डोलका वाद्यगुरु कृष्णबहादुर मानन्धरलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

मेलमिलाप दिवसका अवसरमा फलफूल वितरण

बयालिसौँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज भक्तपुर अस्पतालमा नेपाली काङ्ग्रेस भक्तपुर नगर समितिले फलफूल वितरण गरेको छ । समितिले दिवसका अवसरमा आयोजना गरेको फलफूल वितरण कार्यक्रममा अस्पतालका ६८ जना बिरामीलाई फलफूल र हर्लिक्स वितरण गरेको छ ।

मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाली काङ्ग्रेस भक्तपुर नगर समितिका सभापति राम कासुलासहितको टोलीले फलफूल वितरण गर्दै देशलाई मेलमिलापको नीतिअनुसार अगाडि लैजानुपर्नेमा जोड दिनुभयो ।
रासस