२५ जेष्ठ २०८३, सोमबार
,
Latest
संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर दाउन्नेमा बस दुर्घटना, सात जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग किनेको रेलमा राष्ट्रिय झन्डा फरफराउँदै पूर्व–पश्चिम कुदाउछु : मन्त्री महासेठ



अ+ अ-

काठमाडौँ । यातायातमन्त्री रघुवीर महासेठले अबको तीन महिनामा जनकपुर–जयनगर खण्ड (३५ किमि) मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन् ।

यातायात मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा महासेठले आफ्नै दुईवटा रेल किन्न भारत सरकारसँगको अन्तिम तयारी पुरा भैसकेको जानकारी दिए ।

नेपालले भारतसँग दुइटै रेल  एकैचोटि खरिद गर्ने र त्यसका लागि भारत सरकारबाट रेलको ’स्पेसिफिकेसन’ आइसकेको र टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको महासेठले बताए ।टेन्डर प्रक्रिया र खरिद प्रक्रियामा अबरोध नआए अबको तीन महिनाभित्र एक वटा त्यसको एक महिनापछि अर्के रेल आउने महासेठले जनाएका हुन् ।

हाल साइकलको गतिमा कुद्ने रेल अब प्रतिघण्टा सय किमि गतिमा कुद्ने क्षमताको ल्याउन लागेको महासेठले बताएका हुने । महासेठका अनुसार एउटा रेल खरिद गर्न करिब ५० करोड लाग्छ । ५/५ डिब्बाका दुवै रेल आधुनिक हुनेछन् । एक पटकमा एउटा रेलले १२ सय यात्रु बोक्नेछ । हाल जनकपुर–जयनगर खण्डमा मालवाहक रेल मात्र गुड्छ ।

रेल वे ट्याकको काम हाल ९५ प्रतिशत भइसकेले जनकपुर–जयनगर–कुर्था रेलसेवा केही महिनाभित्रै सुरु गरिँदै छ ।