२५ जेष्ठ २०८३, सोमबार
,
Latest
संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर दाउन्नेमा बस दुर्घटना, सात जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरिया–अमेरिका स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा



अ+ अ-

सेजोङ । दक्षिण कोरियाले संयुक्तराज्य अमेरिकासँगको संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने जनाएको छ । कोरियाली अधिकारीहरुले नयाँ सम्झौताले बाणिज्य र लगानीमा सुधार ल्याउने तथा दुबै देशबीचको मित्रतालाई अझ फराकिलो बनाउने विश्वास व्यक्त गरेका छन् ।

दुबै मुलुकले मङ्गलबार उक्त नयाँ सम्झौताका बारेमा लिखित सूचना आदानप्रदान गर्ने तयारी भएको छ । कोरियाली व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले नयाँ संशोधित व्यवस्थाका बारेमा आआफ्ना मुलुकमा आवश्यक तयारी पूरा भएको जनाएको छ ।

विगतमा भएको व्यापार सम्झौतामा आवश्यक संशोधन गर्ने सहमति भएबमोजिम अमेरिका र कोरियाबीच व्यापारिक साझेदारीका बारेमा व्यापक छलफल भएको थियो । पुरानो स्वतन्त्र व्यापार सम्झौता सन् २०१२ मा भएको थियो । संयुक्तराज्य अमेरिकाले सवारी साधनको आयातमा असन्तुलन भएको भन्दै कोरियामाथि नयाँ सम्झौता गर्न दबाब दिएको थियो ।

मन्त्रालयले कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा नयाँ संरचनाले थप सुदृढ गर्ने बताएको छ । संशोधित सम्झौता बमोजिम अमेरिकाले आगामी २० वर्षसम्म अर्थात् सन् २०४१ सम्म कोरियामा निर्मित पिकअप ट्रकमा २५ प्रतिशतसम्म करवृद्धि गर्न पाउनेछ ।

साथै, अमेरिकी कारको आयातमा दोब्बर वृद्धि गर्न कोरिया सहमत भएको छ । हाल अमेरिकामा निर्मित २५ हजार थान कारमात्र कोरियाली बजारमा बिक्री गर्न पाइने व्यवस्था छ । अब ५० हजार थान अमेरिकी कारले कोरियाली बजारमा पहुँच पाउनेछन् ।

आायात निर्यातका बारेमा उत्पन्न हुने विवाद सुल्झाउन अझ प्रभावकारी विवाद निरुपण प्रक्रिया अपनाइने सम्झौतामा उल्लेख छ ।

रासस