२५ जेष्ठ २०८३, सोमबार
,
Latest
संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर दाउन्नेमा बस दुर्घटना, सात जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोग्बाको २ गोलको मदतले, युनाइटेडको विजय यात्रा कायमै



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बोर्नेमाउथलाई पराजित गरेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले बोर्नेमाउथलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा पाउल पोग्बाले दुई गोल गरे । त्यस्तै, मार्कुस राष्फोर्ड र रोमेलु लुकाकुले समान एक–एक गोल गरे । यता, बोर्नेमाउथका लागि नाथन एकेले गोल फर्काएका थिए ।

खेलको पाचौ मिनेटमा नै पोग्बाले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यस्तै, पोग्बाले नै खेलको ३३औं मिनेटमा गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई दोब्बर अग्रता दिलाएका थिए ।

खेलको ४५औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई तेब्बर अग्रता दिलाएका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा बोर्नेमाउथका एकेले गोल गर्दै पहिलो हाफसम्म ३–१ स्थितिमा पु¥याए । खेलको ७२औं मिनेटमा लुकाकुले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई ४–१ गोलको जित दिलाएका हुन् ।

जितपछि लिगको छैटौ स्थानमा रहेको युनाइटेडको २० खेलबाट ३५ अंक रहेको छ । पराजित बोर्नेमाउथको भने २० खेलबाट २६ अंक रहेको छ ।

त्यस्तै, आइतबार राति नै भएको अर्को खेलमा बर्नेलीले वेष्टह्यामलाई २–० गोलअन्तरले पराजित गरेको छ ।