२५ जेष्ठ २०८३, सोमबार
,
Latest
संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर दाउन्नेमा बस दुर्घटना, सात जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले दूधको भाँडामा हात डुबाएपछि…..



अ+ अ-

बिर्तामोड । लागूपदार्थ खैरो हेरोइन कारोबार भइरहेको सूचनाका आधारमा सादा पोसाकका प्रहरी अर्जुनधारा १० को चुथाई पुगेका थिए । टोलीले शंकास्पद घरमा खानतलासी गर्‍यो । तर, कतै पनि भनिएको वस्तु फेला परेन । प्रहरी टोली निराश भएर फर्कन खोज्दै थियो । तर, टोलीमा खटिएका लागूऔषध ब्युरोका नायब निरीक्षक अनुप निरौला घरको भान्सामा छिरे । चुलोमाथि एउटा भाँडामा दूध राखिएको रहेछ । दूधको भाँडामा हात डुबाएपछि उनी चकित भए ।

त्यही भाँडाभित्र २ सय २ ग्राम हेरोइन डुबाएर राखिएको पो रहेछ । ‘निराश भएर फर्किन लाग्दा दूधको भाँडामा पो छ कि भनेर टेस्ट गरेको थिएँ’, निरौलाले भने, ‘हामीले खोजेको वस्तु त त्यहीँ पो रहेछ ।’ जिल्ला प्रहरी, इलाका प्रहरी बिर्तामोड र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले शनिबार ठूलो परिमाणमा लागूपदार्थ खैरो हेरोइनसहित चार जना कारोबारीलाई नियन्त्रणमा लिएको छ । २ सय ३३ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।

यो परिमाण अहिलेसम्मको धेरै भएको प्रहरीले बतायो । ‘यति धेरै परिमाणको लागूऔषध यसअघि बरामद गरिएको थिएन,’ झापाका प्रहरी उपरीक्षक भीम ढकालले आइतबार पत्रकार सम्मेलनमा भने, ‘यो अपरेसनलाई झापा प्रहरीले ठूलो सफलताका रूपमा लिएको छ ।’ बरामद सामानको बजार मूल्य करिब १५ लाख रुपैयाँ हो ।

प्रहरीका अनुसार लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट प्राप्त गोप्य सूचनाअनुसार पाँचथरको फाल्गुनन्द १ घर भई हाल दमक ६ मा बस्ने संग्रामसिंह आङदम्बे, ताप्लेजुङ थुम्बेदिन घर भई अर्जुनधारा १० डेरामा बस्ने भीमबहादुर अधिकारी, सोही स्थानकी ओममाया खतिवडा र झापा कचनकवलकी रेवतीमाया डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले सुरुमा आङदम्बेलाई ३१ ग्राम हेरोइनसहित पक्राउ गरेको थियो । उनको बयानका आधारमा भीमबहादुर, ओममाया र रेवतीमायालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट लागूऔषध तौलने डिजिटल तराजु, मे १०प नम्बरको बुलेट मोटरसाइकल, मोबाइल थान ३ तथा १३ हजार रुपैयाँसमेत बरामद भएको छ । प्रहरी उपरीक्षक ढकालका अनुसार उक्त लागूऔषध भारतबाट ल्याएर बिक्रीका लागि स्टक राखिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।