२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमै सेक्स गर्न कण्डम दिइयो, युवायुवतीमा खुसीयाली



अ+ अ-

सोलुखुम्बु । कुलुङ समुदायको महान् पर्व चाक्चाकुरको अवसरमा कण्डम वितरण गरिएको छ। चाक्चाकुरमा लाग्ने मेलामा यूवायूवतीबीच हुने सामिप्यतालाई मध्यनजर गर्दै महाकुलुङ गाउँपालिका ३ छेस्कामका यूवाहरुलाई दुई हजार बढि कण्डम वितरण गरिएको हो।

शुक्रबार देखि शुरु हुने खुला फुटबल प्रतियोगिता र चाक्चाकुर मेलालाई ध्यानमा राख्दै स्वास्थ्य चौकी छेस्कामले कण्डम वितरण गरेको स्वास्थ्य शाखा संयोजक हरि प्रसाद आचार्यले जानकारी दिए। चाक्चाकुर मेला १७ गतेसम्म जारी रहने भएकाले मेलाको अवसरमा यूवायूवतीमा हुने सामिप्यताले निम्त्याउने यौन दुर्घटना न्यूनिकरणका लागि अस्थायी साधनको प्रयोगलाई प्रोत्साहन गरिएको गाउँपालिकाले जनाएको छ।

समझदारीमा हुने यौन सम्पर्कबाट हुने अनिच्छित गर्भधारणलाई रोक्ने र सानै उमेरमा हुने विवाहलाई कमी गर्ने उद्देश्यले कण्डम वितरणको अभियान थालिएको स्वास्थ्य शाखाले जनाएको छ। संयोजक आचार्यले यूवाहरुसँग हातेमालो गर्दै कण्डम वितरण गरिएको र चाक्चाकुर अवधिसम्म खुला स्थानमा कण्डमको उपलब्धता गराउने तयारीमा रहेको बताए। उनले होटलहरुमा समेत कण्डम लिन सकिने गरि व्यवस्थापन गरिने बताए। मेलाको अवसरमा हुने यौन क्रियाकलापहरुलाई सुरक्षित बनाउने उद्देश्य रहेको उनको भनाई छ।

मेलाको अवसरमा यूवायूवतीहरुको भागी विवाह हुने चलन पनि रहेको पाकापुस्ताहरु बताउँछन्। तर चेतनाको स्तर बृद्धि भएसँगै भागी विवाहको चलन घट्दै गएको जानकारहरु बताउँछन्। गाउँपालिकाले चाक्चाकुर पर्व मनाउनका लागि भन्दै पुस १५ देखि १७ सम्म स्थानीय विदा दिने निर्णय समेत गरेको छ। कुलुङहरुको बाक्लो बसोबास रहेको महाकुलुङमा पुस १५ को अवसरमा आफन्त भेटघाट, सामूहिक जमघट र खानपिनको चलन रहको छ। नागरिक दैनिकबाट